Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा उच्च गिरावट, नेप्से २७ सयमुनि

अर्थ संसार

आइतबार, २३ मंसिर २०८१, १५ : १० मा प्रकाशित

सेयर बजारमा उच्च गिरावट, नेप्से २७ सयमुनि

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४५.९३ अकंले घटेर २६८९ बिन्दुमा कायम भएको छ । आज ३२१ कम्पनीको एक करोड ७३ लाख ९२ हजार कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ४६ करोडको कारोबार भएको छ ।

बजार घट्दा नेप्से उपसमूहमा रहेका सबै समूह राताम्मे भएका छन्। सर्वाधिक गिरावट जीवन बीमा समूहमा देखिएको छ। यो समूह ३.०७ प्रतिशतले घटेको छ। आज बजारमा २७ कम्पनीको मात्रै सेयरमूल्य बढेको छ भने २१४ कम्पनीको सेयरमूल्य ओरालो लागेको छ। यो दिन ३ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ।

घटेको बजारमा खानीखोला हाइड्रोपावरको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। यो कम्पनीको सेयरमूल्य ९.९८ प्रतिशतले बढेको छ।

यो दिन ४ कम्पनीको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ। मानुषी लघुवित्त, लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल) र जोशी हाइड्रोपावरको शेयरभाउ १० प्रतिशत तथा सामुदायिक लघुवित्तको सेयरमूल्य९.९७ प्रतिशतले घटेको छ। आज उच्च कारोबार एनआरएन इन्फ्रास्ट्रक्चरको भएको छ। यो कम्पनीको ३२ करोड ६४ लाख रुपैयाँ बढीको सेयरमूल्य कारोबार भएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको