Like us!
Follow us!
Connect us!
Watch us!

आज पनि घट्यो नेप्से,किन निरन्तर घट्दैछ ?

अर्थ संसार

सोमबार, २४ मंसिर २०८१, १५ : २२ मा प्रकाशित

आज पनि घट्यो नेप्से,किन निरन्तर घट्दैछ ?

सेयर बजार सूचक फेरि २७ सय मुनि आएको छ । आइतबार ४५.९३ विन्दुले घटेको नेप्से सूचक सोबार फेरी १२.८४ अंकले घटेको छ । आज बजार २६७६.१५ बिन्दुमा कायम भएको छ । बजारमा ५ अर्ब ६२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । 

लगानीकर्ताको मनोबल कमजोर हुँदा बजारले निरन्तर ओरालो बाटो समाइरहेको हो ।
आज आठ उपसूचक राताम्य छन् । बैंकिङ समूह ०.४६ प्रतिशत, विकास बैंक समूह ०.६८ प्रतिशत, होटल तथा पर्यटन समूह ०.८३ प्रतिशत, जीवन बीमा समूहको १.६७ प्रतिशतले  यर मूल्य घटेको छ। सोमबार ९२ कम्पनीको सेयर मूल्य बढेको छ भने १३८ कम्पनीको घटेको छ ।
बजार बढेने अपेक्षा लगानीकर्ताले गरीरहँदा निरन्तर बजार घटेपछी लगानीकर्ताको मनोबल घटेको छ । सामाजिक सञ्जालतिर पनि लगानीकर्ताहरुले विभिन्न विन्दुहरुलाई आधार मान्दै बजार घट्ने बताउदै आइरहेकाले पनि बजारले गिरावटलाई निरन्तरता दइरहेको छ । 
बजार माथि जानका लागि नेप्से सूचकमा दह्रो वृद्धिसँगै कारोबार रकममा पनि तेजी आउन आवश्यक छ । ठूलोमात्राको टर्नओभरले मात्र बजारलाई माथि लैजाने तागत राख्ने देखिन्छ । 

बैंकिङ प्रणालीमा भएको अधिक तरलता र निरन्तर घटेको ब्याजदरले बजारलाई माथितिरै लैजान प्रयास भने गर्नेछ । तर अपेक्षा अनुसार नयाँ लगानीकर्ता नभित्रिनु, पुरानाको पनि क्रय क्षमता विस्तार नहुनु लगायतका कारण केही समस्या भने परिरहेको छ । समग्र अर्थतन्त्र सुस्त गतिमा छ । यसले पनि केही हदसम्म सेयर बजारलाई प्रभाव पारिरहेको अनुमान गर्न सकिन्छ । 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको