Like us!
Follow us!
Connect us!
Watch us!

महिना दिनमै डिजिटल पेमेन्टबाट ९५ खर्बको कारोबार, के बाट भयो सबैभन्दा बढी भुक्तानी ?

अर्थ संसार

सोमबार, ०१ पुस २०८१, ०७ : ४५ मा प्रकाशित

महिना दिनमै डिजिटल पेमेन्टबाट ९५ खर्बको कारोबार, के बाट भयो सबैभन्दा बढी भुक्तानी ?

चालू आर्थिक वर्ष ०८१/८२ को कात्तिकमा ९५ खर्ब ८६ अर्ब ४६ करोड रुपैयाँबराबरको विद्युतीय भुक्तानी भएको छ ।

नेपाल राष्ट्र बैंकबाट प्राप्त तथ्यांकले कात्तिकमा सो बराबरको विद्युतीय भुक्तानी (डिजिटल पेमेन्ट) भएको देखाएको हो । गत वर्षको कात्तिक महिनामा ३४ खर्ब ४६ करोड ८३ लाख बराबरको मात्र यस्तो कारोबार भएको थियो । 

यो अवधीमा मोबाइल बैंकिङ सबैभन्दा अगाडी देखीएको छ । चालु आवको कात्तिक महिनामा मोबाइल बैंकिङमार्फत ४ करोड ३९ लाखभन्दा बढी पटक लेनदेन भएको छ । यस्तै, क्यूआर कोडमार्फत हुने भुक्तानीमा पनि उल्लेखनीय वृद्धि भएको छ । यसमार्फत चालु आवको कात्तिकमा १ करोड ९३ लाखभन्दा बढी कारोबार भएको छ । 

यस्तै,कात्तिकमा डेबिट कार्डमार्फत १ करोड ९ लाखभन्दा बढी लेनदेन भएको छ भने क्रेडिट कार्डमार्फत २ लाख ७६ हजार पटक कारोबार भएको छ । आरटीजीएस प्रणालीमार्फत ठूला रकमका कारोबारहरु भएको देखिन्छ ।

यो अवधीमा आरटीजीएस प्रणालीबाट मात्रै ७८ खर्ब १९ अर्ब रुपैयाँ बराबरको भुक्तानी भएको देखिन्छ । गत आवको कात्तिकमा २२ खर्ब ४७ अर्ब रुपैयाँ बराबर आरटीजीएस मार्फत भुक्तानी भएको थियो । यस्तै, कात्तिकमा इलेक्ट्रोनिक चेक क्लियरेन्स मार्फत ४ खर्ब ३९ अर्ब रुपैयाँ बराबरको भुक्तानी हुँदा आइपीएसमार्फत १ खर्ब ६३ अर्ब रुपैयाँ बराबरको भुक्तानी भएको देखिन्छ ।

साथै कात्तिक महिनामा मोबाईल बैंकिङमार्फत ३ खर्ब ७४ अर्ब, वालेटमार्फत ३७ अर्ब, क्युआरमार्फत ६६ अर्ब ८७ करोड र डेबिट कार्डमार्फत ९४ अर्ब ५७ करोड रुपैयाँ बराबरको विद्युतीय भुक्तानी भएको देखिन्छ । गत आर्थिक वर्षको कात्तिकको तुलनामा कनेक्ट आइपीएस, मोबाईल बैंकिङ, वालेट, क्युआर, इसीसी तथा आइपीएस मार्फत हुने सबै कारोबारको रकम बढेको छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको