Like us!
Follow us!
Connect us!
Watch us!

गार्डियन माइक्रो लाइफको आइपीओमा मागभन्दा १०.६८ गुणाबढी आवेदन,कति जनाले भरे ?

अर्थ संसार

सोमबार, ०१ पुस २०८१, १३ : ४३ मा प्रकाशित

गार्डियन माइक्रो लाइफको आइपीओमा  मागभन्दा १०.६८ गुणाबढी आवेदन,कति जनाले भरे ?

 

गार्डियन माइक्रो लाइफ इन्सुरेन्सले वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको आइपीओमा २४ करोड ४ लाख ३४ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

सीडीएसका अनुसार आज (पुष १ गते) बिहान १०ः०६ बजेसम्म ४४ हजार २१ जनाले २४ लाख ४ हजार ३४० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा १०.६८ गुणा बढी आवेदन हो ।

कम्पनीले मंसिर १९ गतेदेखि २ लाख २५ हजार कित्ता आइपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बिक्री खुला गरेको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीले यसमा पुस ३ गतेसम्म आवेदन दिन सक्नेछन् । न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन पाइनेछ । यो आइपीओमा कुमारी क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

रेटिङ एजेन्सी केयर नेपालले इन्सुरेन्सको आइपीओलाई ‘केयरएनपी बीबी माइनस रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले यस आइपीओमा सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको