नेप्से आज २.९५ अकंले बढेर २६३३.८७ बिन्दुमा बन्द भएको छ । आज ३१८ कम्पनीको ८९ लाख ३९ हजार कित्तासेयर किनबेच हुँदा ४ अर्ब ३४ करोड रुपैयाँको कारोबार भएको छ ।
आज सबैभन्दा धेरै जानकी फाइनान्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको २२ करोड २४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
यस्तै,नेपाल फाइनान्सको १५ करोड ८ लाख रुपैयाँ,रिभर फल्स पावरको १२ करोड ४५ लाख रुपैयाँ,बेस्ट फाइनान्सको १० करोड ४ लाख रुपैयाँ,दोल्ती पावरको ९ करोड ५७ लाख रुपैयाँ र नारायणी डेभलपमेन्ट बैंकको ९ करोड २२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
यस्तै,एनआरएन इन्फ्रास्ट्रक्चरको ८ करोड ९५ लाख रुपैयाँ,माउन्टे इनर्जीको ७ करोड ५४ लाख रुपैयाँ,खानीखोला हाइड्रोपावरको ६ करोड ८१ लाख रुपैयाँ र हिमालयन पावर पार्टनरको ६ करोड ६० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस