नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.६० अकंले घटेर २६२८.२६ बिन्दुमा कायम भएको छ । आज ३१४ कम्पनीको ८१ लाख ४७ हजार ३२० कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २७ करोडको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै जानकी फाइनान्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको १५ करोड ५९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै उपकार लघुवित्त वित्तीय संस्था र सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले कमाएका छन् । आज यी २ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै कुथेली बुखरी हाइड्रोका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.९० प्रतिशतका दरले गुमाएका हुन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस