भिजन लुम्बिनी ऊर्जाले दुई आर्थिक वर्षको साधारणसभा एकैपटक बोलाएको छ ।
कम्पनीको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले पाँचौं र छैटौं वार्षिक साधारणसभा एकसाथ बोलाएको हो । सभा,पुस २७ गते शनिबार रुपन्देहीको कालिकानगरस्थित दियालो फुडल्याण्डमा बिहान साढे १२ बजे देखि शुरु हुनेछ ।
कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव समावेश गरेको छैन।
सभाभा गत दुई आव ०७८/८० र ०८०/८१ को वार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणको विषय टुंगो लाग्नेछ।
त्यसैगरी ७ जना सञ्चालकको निर्वाचन गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाका लागि तय गरिएको छ। सभा प्रयोजनार्थ कम्पनीले पुस १७ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेकाले पुस १६ गतेसम्म कायम सेयरधनी सभामा भाग लिन सक्नेछन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस