वाणिज्य बैंकहरुको कर्जा प्रवाह मंसिर महिनामा बढेको छ ।
कात्तिकमा २ अर्ब रुपियाँले घटेको वाणिज्य बैंकहरुको कर्जा प्रवाह मंसिरमा भने ४२ अर्ब रुपियाँले बढेको हो । मंसिर मसान्तसम्म वाणिज्य बैंकहरुको कर्जा प्रवाह ४७ खर्ब २२ करोड रुपियाँ पुगेको छ । गत कात्तिक मसान्तमा वाणिज्य बैंकहरुको कर्जा प्रवाह ४६ खर्ब ८० अर्ब रुपियाँ थियो ।
कुन बैंकबाट कर्जा प्रवाह कति ?
यो अवधिमा कर्जा प्रवाह बढाउनेमा एभरेष्ट बैंक पहिलो नम्बरमा छ । मंसिरमा एभरेष्ट बैंकले ७ अर्ब ७९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। दोस्रो नम्बरमा रहेको राष्ट्रिय वाणिज्य बैंकले ६ अर्ब ५३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।
यस्तै, एनएमबि बैंकले ५ अर्ब ७९ करोड रुपैयाँ, ग्लोबल आइएमई बैंकले ५ अर्ब ६७ करोड रुपैयाँ,प्राइम कमर्सियल बैंकले ४ अर्ब ४१ करोड रुपैयाँ,नेपाल बैंकले ३अर्ब ५६ करोड रुपियाँ, नेपाल इन्भेष्टमेन्ट मेगाले ३अर्ब ५५ करोड रुपियाँ, नेपाल एसबीआईले ३ अर्ब ११ करोड रुपियाँ, नविलले २ अर्ब ९६ करोड रुपियाँ, सिद्धार्थले २ अर्ब ३९ करोड रुपियाँ, लक्ष्मी सनराइजले १ अर्ब ९२ करोड रुपियाँ, सानिमा बैंकले १ अर्ब ६७ करोड रुपियाँ,कृषि विकास बैंकले १ अर्ब २५ करोड हिमालयन बैंकले मंसिरमा सबैभन्दा कम जम्मा ९० करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन्।
यी बाहेक मंसिर महिनामा ६ बैंकको कर्जा प्रवाह भने खुम्चिएको छ। एनआईसी एसिया बैंकको कर्जा सबैभन्दा धेरै ४ अर्ब २४ करोडले खुम्चिएको हो । यस्तै,प्रभुको १९ करोड,कुमारीको ५१ करोड, माछापुच्छ्रेको ६५ करोड, सिटीजन्सको ९२ करोड, स्ट्यान्डर्ड चार्टर्डको २ अर्ब ९७ करोड
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस