चालु अर्थिक बर्षको कात्तिकसम्म बैंक तथा वित्तिय संस्थाहरूले सुनचाँदीमा ६२ अर्ब ७७ करोड ६३ लाख रुपैयाँ कर्जा लगानी गरेका छन् । गत वर्षको कात्तिकमा बैंक तथा वित्तिय संस्थाहरूले यो शिर्षकमा ५१ अर्ब ३९ करोड ७७ लाख रुपैयाँ मात्रै लगानी गरेका थिए ।
यो अवधिमा वाणिज्य बैंकहरूले भने सुनचाँदी धितो राखेर ५७ अर्ब ५४ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । गत बर्षको यो कात्तिकसम्म वाणिज्य बैंकहरुले ४६ अर्ब ६७ करोड ४८ लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
यो एक वर्षको अवधिमा सुनचाँदी धितो कर्जामा ६ वाणिज्य बैंकको कर्जा घटेको छ भने ९ वटा बैंकको बढेको छ ।
कुन बैंकले कति गरे कर्जा प्रवाह ?
यो अवधिमा सबैभन्दा धेरै सुनचाँदी धितो राखेर कर्जा प्रवाह गर्नेमा नेपाल बैंक रहेको छ । नेपाल बैंकले सुनचाँदी धितो राखेर २४ अर्ब ८७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकले सुनचाँदी धितो राखेर २१ अर्ब ५९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । प्राइम कर्मसियल बैंकले १८ अर्ब ८८ करोड रुपैयाँ सुनचाँदी धितो कर्जा प्रवाह गरेको छ । लक्ष्मी सनराइज बैंकले ७१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । सिटिजन्स बैंकले ७० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
नबिल बैंकले भने ६९ करोड कर्जा प्रवाह गरेको छ । माछापुच्छ्रे बैंकले १६ करोड, प्रभु बैंकले ७ करोड,एनआईसी एशियाले २ करोड, कृषि विकास बैंकले १ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । अन्य बैकले न्यून रकम प्रवाह गरेका छन् ।
यो अवधीमा एनएमबी बैंक, सानिमा, कुमारी बैंक, कृषि विकास बैंक, एनआईसी एशिया र सिटिजन्स बैंकले भने सुनचाँदी धितो कर्जा गत आवको तुलनामा घटाएका छन् ।
यस्तै,ग्लोबल आइएमई बैंक,हिमालयन,स्टान्डर्ड चाटर्ड, नेपाल एसबीआई र एभरेष्ट बैंकले भने सुनचाँदी धितो राखेर कुनै कर्जा प्रवाह गरेका छैनन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस