ङादी ग्रुप पावर लिमिटेडले आजदेखि हकप्रद सेयर निष्कासन सुरु गरेको छ। कम्पनीले हाल कायम चुक्तापूँजी १ अर्ब ८५ करोड १२ लाख ७९ हजार रुपैयाँ बराबरको १ः१ अनुपातमा रु. १०० अंकित दरका १ करोड ८५ लाख १२ हजार ७९२ कित्ता सेयर जारी गरेको हो।
लगानीकर्ताले निम्न स्थानहरूबाट आवेदन दिन सक्नेछन्:
यस हकप्रद सेयरबाट उठाइने रकम माथिल्लो सेती जलविद्युत आयोजना (२१६ मेगावाट) को निर्माण कार्य तथा ङादी ग्रुपद्वारा प्रवद्र्धित आयोजनाहरूको मर्मत सम्भारका लागि प्रयोग गरिनेछ।
कम्पनीले हकप्रद सेयरका लागि गत मंसिर १८ गते बुक क्लोज गरेको थियो। यसर्थ, मंसिर १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरू मात्र यो हकप्रद खरिदका लागि योग्य छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस