राष्ट्र बैंकको नियन्त्रणमा रहेको कर्णाली डेभलपमेन्ट बैंकले निक्षेप भुक्तानीको कार्य स्थगन गरेको छ ।
बैंकले एक सूचना जारी गर्दै पुस २३ गतेदेखि २६ गते शुक्रबारसम्म निक्षेप भुक्तानीको कार्य स्थगन गरिएको जानकारी दिएको हो
कर्णाली डेभलपमेन्ट बैंकका निक्षेपकर्ताहरुलाई निक्षेप भुक्तानी भईरहेकोमा हाल तरलता व्यवस्थापन तथा नियमित कार्य संचालनको काम भइरहेकाले निक्षेप भुक्तानीको कार्य रोकिएको बैंकले जारी गरेको सुचनामा उल्लेख छ ।
तरलता व्यवस्थापनका लागि केही समय आवश्यक पर्न गएको हुँदा तरलता व्यवस्थापन भएपछि निक्षेप भुक्तानीको कार्य पुनः सुचारु हुने सुचनामा भनिएको छ ।
समस्याग्रस्त घोषणा भएपछि राष्ट्र बैंकको व्यवस्थापन समूहले सो बैंकलाई गत पुस ११ देखि नै आफ्नो नियन्त्रणमा लिएको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस