सेयर बजारमा आज दोहोरो अंकको गिरावट आएको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २५.४१ अकंले घटेर २६०९.६७ बिन्दुमा बन्द भएको छ ।
आज ३०१ कम्पनी ८० लाख २१ हजार कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ९९ करोडको कारोबार भएको हो ।
आज १३ वटै उपसूचक राताम्य भएका छन् । यसदिन बैंकिङ समूहको ०.८६ प्रतिशत, विकास बैंक समूहको १.६० प्रतिशत, फाइनान्स समूहको ३.६० प्रतिशत, होटल तथा पर्यटन समूहको ०.७७ प्रतिशतले सेयरमूल्य घटेको छ ।
आज सबैभन्दा धेरै एनआरएनको सेयर कारोबार भएको छ । आज यस कम्पनीको २० करोड ४१ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त वित्तीय संस्था र सिन्धु विकास बैंकका लगानीकर्ताले कमाएका छन् । आज यी २ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।
आज सबैभन्दा धेरै न्यादी हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस