वाणिज्य बैंकहरूको खराब कर्जामा उच्चले वृद्धि भएको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमासको प्रतिवेदनले बैंकहरूको खराब कर्जा उच्च रुपमा बढेको देखाएको छ। दोस्रो त्रैमासको प्रतिवेदनका अनुसार बाणिज्य बैंकहरुको खराबकर्जा पुस मसान्तमा आइपुग्दा अधिकतम ७ प्रतिशतको हाराहारीमा आइपुगेको छ।
अघिल्लो त्रैमासमा ४ प्रतिशतभित्र सीमित रहेको बैंकहरूको खराब कर्जा बढेर ५ प्रतिशतमाथि पुगेको छ।
सबैभन्दा धेरै एनपीएल भएका बैंकहरू
यस अवधिमा कुमारी बैंकको यस्तो कर्जा ६.९६ प्रतिशतमा पुगेको छ।
अन्य बैंकहरू जसको एनपीएल ५ प्रतिशत भन्दा माथि पुगेको छ
- नेपाल इन्भेष्टमेन्ट मेगा बैंक: ५.८६ प्रतिशत
- लक्ष्मी सनराइज बैंक: ५.६७ प्रतिशत
- प्रभु बैंक: ५.६ प्रतिशत
- एनआईसी एशिया बैंकको एनपीएल ३.४२ प्रतिशत बिन्दुले बढेर ४.६१ प्रतिशत पुगेको छ।
- कृषि विकास बैंकको एनपीएल १.८८ प्रतिशत बिन्दुले बढेर ४.९ प्रतिशत पुगेको छ।
एभरेष्ट बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकले आफ्नो एनपीएल घटाउन सकेका छन्।
- एभरेष्ट बैंकः ०.७७ प्रतिशत बाट ०.६६ प्रतिशत (-०.११ प्रतिशत )
- स्ट्यान्डर्ड चार्टर्डः १.७७ प्रतिशत बाट १.६६ प्रतिशत (-०.११ प्रतिशत)
अन्य कुनको कति ?
यो बाहेक प्राईम बैंकले ४.९६ प्रतिशत, हिमालयन बैंकले ४.९८ प्रतिशत र नेपाल बैंकले ४.९९ प्रतिशत खराबकर्जा देखाएका छन्।
यस्तै सिटिजन्स बैंकले ४.८५ प्रतिशत खराबकर्जा देखाउँदा माछापुच्छ्रे बैंकले ४.५४ प्रतिशत, ग्लोबल आइएमई बैंकले ४.८६ प्रतिशत, सिद्धार्थ बैंकले ४.५ प्रतिशत, राष्ट्रिय बाणिज्य बैंकले ४.९६ प्रतिशत र नेपाल एसबीआई बैंकले खराबकर्जा ३.५५ प्रतिशत देखाएका छन्।
दोस्रौ त्रैमासमा आइपुग्दा सानिमा बैंकले ३.२२ प्रतिशत,एनएमबी बैंकले ३.९६ प्रतिशत र हिमालय बैंकले ४.९८ प्रतिशत खराबकर्जा देखाएका छन् भने नबिल बैंकले १.७ प्रतिशतमा खराबकर्जा झारेको उल्लेख गरेको छ।
अर्थतन्त्र चलायमान नहुँदा बित्तीय चक्रमा समस्या आउँदा त्यसको प्रत्यक्ष असर बाणिज्य बैंकहरुमा देखिन थालेको हो। यस्तै कर्जा प्रवाह र कर्जा असुली दुवै कमजोर बनेपछि यतिबेला बैंकहरु बढ्दो खराबकर्जाको चापमा देखिएका हुन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस