साताको तेस्रो कारोबार दिन आज सेयर बजार सामान्य अंकले बढेको छ । आज नेप्से ५.०८ अकंले बढेर २६१३.०८ बिन्दुमा बन्द भएको छ । आज ३११ कम्पनीको १ करोड १६ लाख २६ हजार कित्ता सेयर किनबेच हुँदा ६ अर्ब १९ करोडको सेयर कारोबार भएको हो । अघिल्लो दिन ६ अर्ब ५७ करोडको सेयर कारोबार भएको थियो ।
आज फाइनान्स सेक्टरको सेयरमूल्य १.०३ प्रतिशतले घटेको हो । साथै, बैंकिङ समूहको ०.३५ प्रतिशत, म्युचुअल फण्ड समूहको ०.४८ प्रतिशत, हाइड्रोपावर समूहको ०.९२ प्रतिशत, व्यापार समूहको २.१० प्रतिशतले सेयरमूल्य घटेको छ ।
आज १०६ कम्पनीको सेयरमूल्य बढ्दा १२९ कम्पनीको घटेको छ ।आज सबैभन्दा धेरै सीएचडीसीको सेयर कारोबार भएको छ । आज यस कम्पनीको २३ करोड ७६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै मन्दकीनि हाइड्रोपावर कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै रिभर फल्स पावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८.९६ प्रतिशतका दरले गुमाएका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस