Like us!
Follow us!
Connect us!
Watch us!

खराब कर्जाको भूमरीमा फाइनान्स कम्पनी,दोस्रो त्रैमासको रिपोर्टले के सङ्केत गर्दैछ ?

अर्थ संसार

बुधबार, ०९ माघ २०८१, १२ : १२ मा प्रकाशित

खराब कर्जाको भूमरीमा फाइनान्स कम्पनी,दोस्रो त्रैमासको रिपोर्टले के सङ्केत गर्दैछ ?

सञ्चालनमा रहेका १५ वटा फाइनान्स कम्पनीहरुको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय रिपोर्ट सार्वजनिक गरेका छन्

। दोस्रो त्रैमाससम्मको  रिपोर्ट अनुसार समग्र फाइनान्स कम्पनीहरुको वित्तीय अवस्था कमजोर देखिएको छ । कम्पनीहरु खराब कर्जाका कारण चुनौतीपूर्ण अवस्थामा छन् ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा फाइनान्स सेक्टर ३६ करोड ४९ लाख ४५ हजार रुपैयाँ ऋणात्मक रहेका छन् । गत आर्थिक वर्षको सोहि अवधिमा भने फाइनान्स कम्पनीहरुले १९ करोड ४३ लाख रुपैयाँ नाफा कमाएका थिए ।

 समिक्षा अवधिमा १२ कम्पनीको खराब कर्जा बढेको छ । जसमा ७ कम्पनीको खराब कर्जा १० प्रतिशतभन्दा माथि रहेको छ ।

१० प्रतिशतभन्दा माथि खराब कर्जा रहेका फाइनान्स कम्पनी

 - जानकी फाइनान्सले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको तथ्याङ्क अनुसार कम्पनीको खराब कर्जा १९.९९ प्रतिशतबाट बढेर ४०.८८ प्रतिशत पुगेको छ ।

यसैगरी,

- पोखरा फाइनान्सको खराब कर्जा समेत २८.४५ प्रतिशत बढेर ३३.२१ प्रतिशत रहेको छ ।

- समृद्धि फाइनान्सको १९.३४ प्रतिशत

- गोर्खाज फाइनान्सको १४.४२ प्रतिशत

- रिलायन्स फाइनान्स १४.२१ प्रतिशत

- सेन्ट्रल फाइनान्सको ११.९४ प्रतिशत

- नेपाल फाइनान्सको १०.४६ प्रतिशत खराब कर्जा रहेको छ ।

खराब कर्जा १० प्रतिशतभन्दा तल रहेका फाइनान्स कम्पनी

- गुशेश्वरी मर्चेन्टको ८.१८ प्रतिशत

- प्रोगेशिभको ७.५७ प्रतिशत

- बेष्ट फानान्सको ३.८६ प्रतिशत

- मञ्जुश्री फाइनान्सको ३.८६ प्रतिशत

- आइसिएफसीको ३.०७ प्रतिशत

- गुडबिल फाइनान्सको १.८५ प्रतिशत रहेको छ ।

सबैभन्दा बढी नाफा कमाउनेमा को ?

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार सर्वाधिक नाफा आर्जन गर्ने जानकी फाइनान्सले ११.०१ प्रतिशतले नाफा बढाएर ११ करोड ७० लाख ७९ हजार रुपैयाँ पुर्याएको छ ।

- यसअवधिमा मञ्जुश्री फाइनान्सले ११.०१ प्रतिशतले नाफा बढाएर ११ करोड ७० लाख ७९ हजार रुपैयाँ रहेको छ ।

नाफा वृद्धिमा को अगाडि ?

यो अवधिमा नाफा वृद्धिमा भने नेपाल फाइनान्स र आइसिएफसी फाइनान्स अग्र स्थानमा रहेका छन् ।

- नेपाल फाइनान्सको नाफा २४२५ प्रतिशतले बढेर २ करोड ५ लाख रुपैयाँ पुगेको छ ।

- आइसिएफसीको १०५.०५ प्रतिशतले बढेर १० करोड ९१ लाख रुपैयाँ पुगेको छ ।

अन्य कसको नाफा कति ? 

 प्रोगेशिभ फाइनान्सको ८ करोड ५३ लाख, मल्टिप्रपोज फाइनान्सको २ करोड, श्री इन्भेष्टमेन्ट फाइनान्सको १ करोड ४१ लाख, गुडबिल फाइनान्सको १ करोड ४ लाख र सेन्ट्रल फाइनान्सको ३४ लाख रुपैयाँ मुनाफा रहेको छ ।

यसैगरी ऋणात्मक हुने कम्पनीमा क्रमशः गोर्खाज फाइनान्स २५ लाख, बेष्ट फाइनान्स १ करोड ७२ लाख, गुहेश्वरी मर्चेन्टको २ करोड १८ लाख, समृद्धि फाइनान्सको ६ करोड २८ लाख, रिलायन्स फाइनान्सको ११ करोड ९७ लाख र पोखरा फाइनान्सको ६३ करोड ७९ लाख रुपैयाँ रहेको छ ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको