Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेका सीईओ र अध्यक्ष नियुक्तिका विषयमा छानबिन गर्न कर्मचारी संघको माग

अर्थ संसार

आइतबार, ०९ कार्तिक २०८२, १३ : ४६ मा प्रकाशित

नेप्सेका सीईओ र अध्यक्ष नियुक्तिका विषयमा छानबिन गर्न कर्मचारी संघको माग

विगत ३४ दिन देखि आन्दोलनरत नेप्सेका कर्मचारीहरुले अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत (सीईओ) को नियुक्तिाका विषयमा छानबिन गर्न माग गरेका छन् । नेप्से कर्मचारी संघले अर्थमन्त्रीलाई संबोधन गर्दै अध्यक्ष हेमन्त बस्याल र सीईओ चुडामणी चापागाईको नियुक्ति छानविन गर्न माग गरेको हो । 

नेप्से कर्मचारी संघले नेप्सेको सीईओ नियुक्ति सम्बन्धी मन्त्रिपरिषदको विवादित निर्णय पहिले भएको निर्णय उल्टाएर नियुक्ति लिएको, छनोट प्रक्रिया मै मिलेमतो भएको, सीईओ नियुक्तिका लागि आवेदन साथ पे गर्नु पर्ने विजनेश प्लान पेश गरेको लगायत विषय उल्लेख गरेर यी विषयमा छानबिन गर्न माग गरेको हो । 

त्यस्तै अध्यक्ष बस्यालका सम्बन्धमा प्राइभेट कन्सलटेन्सी चलाएर बसेको व्यक्ति नेप्सेको अध्यक्ष हुन सक्ने नसक्ने ?, नेप्सेसँग बसल एन्ड कम्पनीको पुरानो भुत्तःानी विवाद रहेकै अवस्थामा स्वार्थ बाझिने गरि नियुक्ति लिएको, सीईओ उम्मेदवरा भइ असफल भएका व्यक्तिलाई त्यो भन्दा माथिल्लो पद अध्यक्षमा नियुक्ति गरिएको लगायतका विषयमा छानबिर्न कर्मचारी संघले माग गरेको छ । 

 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको