Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार घट्ने क्रम जारी - कारोबारमा देखियो रौनक

अर्थ संसार

सोमबार, १४ माघ २०८१, १५ : ०९ मा प्रकाशित

सेयर बजार घट्ने क्रम जारी -  कारोबारमा देखियो रौनक

 सेयर बजार लगातार आज तेस्रो दिन पनि घटेको  छ । नेप्से आज १०.६६ अकंले घटेर २६३३.२७ बिन्दुमा बन्द भएको छ ।

आज ३१२ कम्पनीको १ करोड ७२ लाख ५३ जार कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ९२ करोडको सेयर कारोबार भएको छ ।

आज फाइनान्स समूहको ३.४६ प्रतिशत, विकास बैंक समूहको ०.७२ प्रतिशत, हाइड्रोपावर समूहको ०.३५ प्रतिशतसहित पाँच समूह बढेपनि अन्य समूह ओरालो लागेको हो । 

आज सबैभन्दा धेरै सिन्धु विकास बैंकको सेयर कारोबार भएको छ । आज यस कम्पनीको २९ करोड ८३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै न्यादी हाइड्रोपावर का लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरै सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८.४६ प्रतिशतका दरले गुमाएका हुन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको