Like us!
Follow us!
Connect us!
Watch us!

०८४ को मंसिरमा मात्रै सरकार ढल्छ - प्रधानमन्त्री ओली

अर्थ संसार

मंगलबार, १५ माघ २०८१, १५ : ०४ मा प्रकाशित

०८४ को मंसिरमा मात्रै सरकार ढल्छ - प्रधानमन्त्री ओली

 प्रधानमन्त्री ओलीले ०८४ मंसिरमा मात्रै सरकार ढल्ने बताएका छन् । 

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा जारी बैठकमा सम्बोधन गर्दै  प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले अहिले दिनैपिच्छे सरकार ढल्ने हल्ला चलाइरहेको भन्दै त्यसतर्फ ध्यान नदिन र भ्रममा नपर्न सांसदहरूलाई आग्रह गरे ।

प्रधानमन्त्री ओलीले भने,‘दिनैपिच्छे सरकार ढल्छ भन्ने हल्ला छ । अलिक भरेसम्म सरकार ढल्छ । साँझसम्म त सरकार ढल्छ, ढल्छ । राति नै ढल्छ अथवा भोलि बिहानै सरकार ढल्छ । ढलेन भने दिउँसोसम्म सरकार ढल्छ । भोलि ढलेन भने पर्सिलाई सारिदिने । पर्सि भएन भने अर्को हप्तालाई सारिदिने,यो महिना ढलेन भने अर्को महिनलाई सार्ने । साउनमा सरेन भने भदौमा सार्ने । भदौमा पनि ढलेन भने दशैंलाई सार्ने । दशैंमा पनि ढलेन भने मंसिरमा ढल्छ तर, धेरै मान्छेले अस्तिको मंसिरमा भन्ने बुझे । ०८४ को मंसिरभन्दा यता सरकारमाथि लगाउने आरोप मात्रै हो ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको