Like us!
Follow us!
Connect us!
Watch us!

आइपीओ निष्कासनको अनुमति पर्खिरहेको ट्रेड टावरको आम्दानी ११ करोड

अर्थ संसार

शुक्रबार, १८ माघ २०८१, १४ : १४ मा प्रकाशित

आइपीओ निष्कासनको अनुमति पर्खिरहेको ट्रेड टावरको आम्दानी ११ करोड

सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने तयारीमा रहेको ट्रेड टावर लिमिटेडले गत वर्ष (सन् २०२४) मा ११ करोड १० लाख रुपैयाँ आम्दानी गरेको छ ।

 यो अघिल्लो बर्ष (सन् २०२३ ) को भन्दा २३.३३ प्रतिशत बढी हो । सन् २०२३ मा यस कम्पनीले ९ करोड रुपैयाँ आम्दानी गरेको रेटिङ एजेन्सी इक्रा नेपाल लिमिटेडले जनाएको छ । 

यो अवधिमा  कम्पनीको वित्तीय दायित्व व्यवस्थापन पनि सन्तुलित देखिएको छ ।  कम्पनीको कुल ऋण र स्थिर सम्पत्तिको अनुपात  २०२४ मा ०.८ पुगेको छ । २०२३ मा ३०.८ गुणा रहेको ब्याज कभरेज अनुपात पनि २०२४ मा ७.२ गुणा कायम रहेको छ ।

कम्पनीको कुल बाह्य दायित्व र स्थिर सम्पत्तिको अनुपात २०२० मा १.५ थियो, जुन २०२४ मा १.८ पुगेको छ । 

ट्रेड टावर लिमिटेडको स्थापना सन् २००७ मा भएको हो र यसले व्यापारिक लिजिङ र रेन्टल आधारित परियोजनाहरु सञ्चालन गरेको छ । कम्पनीको पहिलो परियोजना ‘ट्रेड टावर थापाथली’ सन् २०११ मा सञ्चालनमा आएको थियो र अहिले ९५ प्रतिशत ओक्युपेन्सी दरमा सञ्चालन भइरहेको छ । 

हालै कम्पनीले गौशालामा रहेको होटल क्रिस्टल पशुपति (पहिलेको ट्रेड टावर गौशाला) निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको छ । यो तीन–तारे होटलले २०२४ को मध्य अप्रिलबाट आंशिक रूपमा सञ्चालन सुरु गरेको छ । 

कम्पनीले अकिंत मूल्य १०० रुपैयाँमा ११ लाख ५८ हजार ९८० कित्ता बराबरको ११ करोड ५८ लाख ९८ हजार रुपैयाँको आइपीओ निष्कासनका लागि  अनुमति पर्खिरहेको छ । 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको