Like us!
Follow us!
Connect us!
Watch us!

‘ढलेँ, ढलेँ’ गीत गाउँदै प्रधानमन्त्रीले भने - सरकार ०८४ सम्म टसमस हुँदैन

अर्थ संसार

शुक्रबार, १८ माघ २०८१, १४ : ३८ मा प्रकाशित

‘ढलेँ, ढलेँ’ गीत गाउँदै प्रधानमन्त्रीले भने  - सरकार ०८४ सम्म टसमस हुँदैन

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्ने क्रममा ‘म त ढलेँ, ढलेँ’ बोलको गीत गाउँदै प्रतिपक्षी दललाई व्यङ्ग्य गरेका छन् ।

गायिका शान्तिरानी परियारले गाएको गीत स्मरण गर्दै ओलीले विपक्षी दलका नेताहरूले राजनीतिक मञ्चमा गाउन नसुहाउने बताए ।

यस्तै, उनले आफू नेतृत्वको सरकार आगामी ०८४ सालसम्म टसमस नहुने दाबी गरेका छन् ।

प्रधानमन्त्री ओलीले विपक्षी दलका नेताहरूले सरकार आजै, अहिल्यै ढल्छ भन्दै हिँडेकोप्रति आपत्ति जनाए ।

प्रधानमन्त्री ओलीले भने, ‘विपक्षमा रहेका साथिहरूले एउटा कुरामा आफूलाई व्यर्थ्यै खेर फालिरहेको छ । सरकार ढल्छ, ढल्नै लाग्यो, पुस मसान्त, माघे संक्रान्ति आदि इत्यादि,एउटा गीत बजारमा ढलेँ, ढलेँ, भन्ने अलि प्रचारमा छ । त्यस्तै, प्राय आम रुपमा राजनीतिक नेताहरूले गाएको सुन्छु, ढल्यो, ढल्यो, ढल्यो । यो गीत मनोरन्जनका लागि पार्टी उत्सवमा सुहाउला । राजनीतिमा त्यति सुहाउँदैन ।’

प्रधानम्न्त्री ओलीले उक्त गीत मनोरन्जनका मञ्चमा सुहाउने भए पनि राजनीतिक मञ्चमा नसुहाउने दाबी गरे ।

ओलीले भने,‘अझै एक जना माननीयले यो गीत श्लील भएन भनेको पनि सुनेको छु । यस्तो टिप्पणी पनि छ । यस्तो गायन मनोरन्जनका मञ्चमा गाउन बन्द गरे हुन्छ । ०८४ सम्म सरकार टसमस गर्नेवाला छैन,’ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको