Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा उछाल - परिसूचक २७२७ बिन्दुमा, झन्डै १३ अर्बको कारोबार

अर्थ संसार

आइतबार, २० माघ २०८१, १५ : ०६ मा प्रकाशित

सेयर बजारमा उछाल - परिसूचक २७२७ बिन्दुमा, झन्डै १३ अर्बको कारोबार

साता कारोबारको पहिलो दिन अर्थात आइतबार सेयर बजारमा चमक देखिएको छ । आज नेप्से परिसूचक ६९.८० अंकले बढेर २७२७ को बिन्दुमा बन्द भएको छ । 

आइतबार बजारसँगै कारोबार रकममा पनि उछाल । आज १२ अर्ब ९५ करोड ५७ लाख ६४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यो कारोबार २०८१ भदौ १८ यता कै उच्च हो ।

आज बैंकिङ समूहको २.५२ प्रतिशत, विकास बैंक समूहको ३.१५ प्रतिशत, फाइनान्स समूहको १.२९ प्रतिशत, होटल तथा पर्यटन समूहको १.८२ प्रतिशतले सेयरमूल्य बढेको छ ।

आज सबैभन्दा धेरै एनआरएनको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ४१ करोड ९७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।आज सबैभन्दा धेरै ७ कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज उन्नती सहकार्य लघुवित्त, ग्लोबल आइएमई लघुवित्त, अभियान लघुवित्त, विजय लघुवित्त, भुगोल इनर्जी, ग्रामिण विकास लघुवित्त र एनएमबि लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानकिर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको