Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रहरूमा आजदेखि ८ दिनसम्म विद्युत् अवरुद्ध

अर्थ संसार

सोमबार, २१ माघ २०८१, ०९ : ०६ मा प्रकाशित

काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रहरूमा आजदेखि ८ दिनसम्म विद्युत् अवरुद्ध

आज काठमाडौं उपत्यकाका विभिन्न स्थानमा विद्युत् आपूर्ति अवरुद्ध हुने जनाएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार, बानेश्वर, जोरपाटी, कुलेश्वर र कीर्तिपुर वितरण केन्द्र अन्तर्गतका विद्युत् वितरण लाइनलाई भूमिगत गर्ने कार्य भइरहेको कारण आगामी ८ दिनसम्म बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् सेवा बन्द रहनेछ।

यो अवरुद्धता माघ २१ गते चाबहिल क्षेत्र, माघ २२ गते कलंकी मालपोत क्षेत्र, माघ २३ गते बालकुमारी, इमाडोल र लुभु क्षेत्र, माघ २४ गते नैकापदेखि बलम्बु क्षेत्र, माघ २५ गते बल्खु देखि चोभार गेट क्षेत्र, माघ २७ गते जोरपाटी फिडर अन्तर्गत बाबा चोकदेखि क्रिकेट स्टेडियम क्षेत्र, माघ २८ गते गौशाला चोकदेखि पुरानो बानेश्वर क्षेत्र र माघ २९ गते रातोपुलदेखि गौशाला क्षेत्रमा विद्युत् आपूर्ति बन्द रहनेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको