प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई पनि मलेरियाले बारम्बार आक्रमण गरेको बताएका छन् ।
पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियानको शुभारम्भ गर्दै ओलीले आफ्नी आमाको बिफरका कारण निधन भएको र आफूलाई मलेरियाले बारम्बार आक्रमण गरेको बताएका हुन् ।
उनले भने ,‘मेरी आमा बिफरले बित्नुभएको हो । म सानैदेखि बिफरका बारेमा सुनेको छु । म मलेरियाले धन्न धन्न बाँचेको मान्छे हुँ, च्याप्प समातेर निचोर्या भए सकिन्थेँ,’
कोरोनाको महामारीका बेलामा विश्वले औषधि विकास गर्न नसकेको अवस्थामा आफूले विश्वास जगाउन बेसार पानीको प्रयोग गर्ने सलाह दिएको बताए ।
प्रधानमन्त्री ओली भने ,‘हाम्रा डाक्टरहरु पनि कोभिडबाट आतंकित भइरहेका थिए । कोभिडको प्रसार धेरै भयावह तरिकाबाट भयो । यस्तो लाग्थ्यो कि धर्ती नै बाँच्ने अवस्था छैन । अरु कुनै औषधि उपलब्ध नभएको अवस्थामा मैले बेसार पानी नुन हालेर खाने सलाह दिएको हुँ । मैले विश्वास बढाउनका लागि यो कुरा भनेको हुँ । हामीले मनोबल मजबूत बनाउनु आवश्यक थियो। मलाई पहिलो पटक होइन, दोस्रो चरणमा तीनपटक कोभिडले आक्रमण गरिसक्यो।’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस