Like us!
Follow us!
Connect us!
Watch us!

हिंसालाई 'जनयुद्ध' दिवस भन्न रूचाउनेहरू पनि छन्: प्रधानमन्त्री ओली - प्रधानमन्त्री ओली

अर्थ संसार

आइतबार, २७ माघ २०८१, १३ : ०६ मा प्रकाशित

हिंसालाई 'जनयुद्ध' दिवस भन्न रूचाउनेहरू पनि छन्: प्रधानमन्त्री ओली -  प्रधानमन्त्री ओली

सरकारले यस वर्ष पनि विविध कार्यक्रम गरी भव्यताका साथ प्रजातन्त्र दिवस मनाउने भएको छ । त्यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ मूल समारोह समिति गठन भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको बैठकले मूल समारोह समितिका साथै विभिन्न उपसमिति गठन भएका हुन् ।  

बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हिंसालाई 'जनयुद्ध' दिवस भन्न रूचाउनेहरू पनि रहेको टिप्पणी गरेका छन्।

प्रधानमन्त्री भने, ‘मुलुकका लागि यो सबैभन्दा ठूलो परिवर्तन ल्याउने दिने हो। यहाँ हिंसालाई जनयुद्ध दिवस भन्न रुचाउनेहरू छन् तर त्यत्रो परिवर्तनलाई मान्न नरुचाउने तत्वहरू छँदैछन्। प्रजातन्त्र दिवसलाई नमान्ने कुरा लोकतान्त्रिक हुन सक्दैन। यस दिवसलाई भव्यताका साथ मनाउनुपर्छ।’

प्रजातन्त्र दिवसमा यस वर्ष फागुन ६, ७ र ८ गते तीन दिनसम्म नेपाल र विदेशस्थित नेपाल राजदूतावास, कूटनीतिक नियोग एवं वाणिज्य दूतावासमा समेत दीपावली गर्ने तथा फागुन ७ गते नेपाली सैनिक मञ्च, टुँडिखेलमा मूल कार्यक्रम आयोजना हुनेछ।

प्रधानमन्त्री ओलीले जनतामाथि दमन गर्ने, नाङ्गो र हेपाहा खालको प्रवृत्ति देखाउने निरङ्कुशतन्त्र र प्रतिगमनलाई नेपाली जनताको बलिदानी सङ्घर्षले परास्त गरेको ऐतिहासिक दिनलाई जनस्तारमा समेत मनाउन आग्रह गरेका थिए।

‘यो दिवसलाई केवल माथिको आदेश–निर्देशका भरमा मनाउने औपचारिक दिवस मनाउनु हुँदैन । यसलाई जनताको कार्यक्रम बनाउने गरी तयारी गर्नुपर्छ,'  ओलीले भने ।

 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको