राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशिम साहले प्रधानमन्त्री केपी शर्मा ओलीले टिकटकरहरुसँग व्यस्त भएकाले आफ्नो बिर्सिएको काम बताएका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद साहले यस्तो बताएका हुन् ।
उनले भने,’प्रधानमन्त्रीजी अहिले ढले ढले गीत सुनी राख्नु भएको छ। टिकटकहरूसँग व्यस्त हुनुहुन्छ । यही व्यस्तताले उहाँले एउटा काम गर्न बिर्सिनुभएको छ। म उहाँ सम्झाउँछु। नयाँ सरकार बनेको महिनौं भइसक्यो, तर मन्त्रीहरूको सम्पत्ति विवरण अहिलेसम्म सार्वजनिक गरिएको छैन ।’
उनले पारदर्शिता र जबाफदेहिताको नारा घन्काउनेहरू किन सम्पत्ति विवरण सार्वजनिक नगरेको भन्दै प्रश्न गरे।
उनले भने, ‘सरकारले सुशासनको देखावटी नाटक बन्द गरोस् मन्त्रीहरूको सम्पत्ति विवरण तुरुन्त सार्वजनिक गरोस्, भ्रष्टहरूलाई कानुनी कठघरामा उभ्याओस्। हिम्मत देखाएर सरकार सानो ठुलो सबै काण्डको छानबिन गर्न स्वतन्त्र शक्तिशाली आयोग गठन गर ।’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस