Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्री भन्छन् – टुप्पाबाट पलाएकाले कर्मचारीले राजनीतिक विचार बोक्न हुँदैन भन्ने गरेका छन्

अर्थ संसार

बुधबार, ३० माघ २०८१, १६ : ३३ मा प्रकाशित

प्रधानमन्त्री भन्छन् –  टुप्पाबाट पलाएकाले कर्मचारीले राजनीतिक विचार बोक्न हुँदैन भन्ने गरेका छन्

प्रधानमन्त्री केपी शर्मा ओलीले कर्मचारीहरूले राजनीतिक विचार बोक्न नहुने र संगठन हुनै नहुने भन्ने विचार टुप्पाबाट पलाएकाहरूले गर्ने गरेको बताएका छन् । 

निजामती कर्मचारी संगठनको १२ औं महाधिवेशनको उद्घाटन सत्र प्रधानमन्त्री ओलीले भने, ‘कर्मचारीहरूको संगठन हुनुहुँदैन । कर्मचारीहरूले राजनीतिक विचार बोक्नु हुँदैन । कर्मचारी भनेको विचार शून्य हुनुपर्छ भन्ने विचार आजमात्र आएको होइन,यी राजनीति साजनीति नगरेका, आन्दोलन नदेखेका, टुप्पाबाट पलाएकाहरूले मात्रै उठाउने हो ।’

कर्मचारीविरुद्ध हमला पहिलादेखि हुँदै आएको भन्दै दल वा व्यक्ति हेरेर नभई निष्पक्ष ढंगले कर्मचारीले सेवा दिनुपर्ने प्रधानमन्त्रीको भनाइ छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको