Like us!
Follow us!
Connect us!
Watch us!

सकियो हिमालयन हाइड्रो एक्स्पो, ६० हजार बढीले गरे अवलोकन [फोटोफिचर]

आइतबार, २३ पुस २०७४, २० : ३० मा प्रकाशित

सकियो  हिमालयन हाइड्रो एक्स्पो, ६०  हजार बढीले गरे अवलोकन [फोटोफिचर]

अर्थ संसार, काठमाडौं  -नेपालमा पहिलो पटक आयोजना भएको अन्तराष्ट्रियस्तरको हिमालयन हाइड्रो एक्स्पो २०१८ उत्साहजनक रुपमा सञ्चालन भएको छ ।

शुक्रबारदेखि ३ दिनसम्म चलेको एक्स्पो नेपालको जलविद्युत विकासमा कोसेढुंगा सावित हुने अपेक्षा गरिएको छ ।

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिको आयोजनामा सम्पन्न एक्स्पोको ६० हजार बढीले अवलोकन गरेका छन् ।

एक्स्पोमा हाइड्रो पावर निर्माता, हाइड्रो  पावरका सामान उत्पादक, सप्लायर्स, डिजाइनर्स, कन्सलट्यान्ट, इन्स्योरेन्स कम्पनी, लगानीकर्ता र बैंकतथा वित्त कम्पनीहरु लगायत झण्डै सय वटा भन्दा बढी स्टल थिए ।

समध्ये करिब पचास प्रतिशत स्टल विदेशी कम्पनीहरुको थियो । एक्स्पोमा चीन, भारत, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिक, इटली, स्वीडेन, बेलायत, ब्राजिल लगायत मुलुकका कम्पनी तथा सरोकारवालाहरुको पनि सहभागिता रहेको थियो ।

‘एक्स्पो भव्य रुपमा सफल भयो । निकट भविष्यमा नै यस्ता एक्स्पो आयोजना गर्न एक्स्पोमा सहभागि स्वदेशी तथा विदेशी कम्पनीहरुले हौसला दिनु भएको छ ।

यसबाट हामी आगामी दिनमा उर्जाको विकासमा ठुलो फड्को मार्न सक्छौं भन्ने देखिएको छ ।’ एक्स्पोको अर्को आयोजक संस्था एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रा लिका प्रबन्ध निर्देशक विजय सागर प्रधानले भने ।

साउथ वेष्टर्न विजनेश कलेज उत्कृष्ट पुरस्कार

हाइड्रो पावरको विकास र विस्तारमा सहयोग पुग्नेगरी हाइड्रो  पावर सम्बन्धी नयाँ अवधारणा बारे विद्यार्थीहरु एवं व्यक्तिगत तवरवाट आविष्कार गरेका वस्तु तथा सेवाबिच प्रतिस्पर्धा समेत गराइएको छ ।

प्रतियोगितामा साउथ वेष्टर्न विजनेश कलेज प्रथा भएको छ भने काठमाण्डौं विश्वविद्यालयले दोस्रो र तेस्रो स्थान हासिल गरेको छ । कलेजहरुबाट समुहमा प्रतिष्पर्धा गराइएको थियो ।

प्रतियोगितामा प्रथम हुनेले ५५ हजार ५ सय ५५ रुपैयाँ पचपन्न पैसा तथा द्वितीय र तृतीय हुनेलाई क्रमश २२ हजार २२२ रुपैयाँ २२ पैसा र ११ हजार १११ रुपैयाँ ११ पैसा नगद पुरस्कार प्रदान गरिएको छ ।

एक्सपोलाई नेपाल सरकार राष्ट्रिय योजना आयोग, उर्जा मन्त्रालय, जनसंख्या तथा वातावरण मन्त्रालयको संरक्षकत्व रहेको छ ।

नेपाल विद्युत प्राधिकरण, नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल बैंकर्स एसोसिएसन्स, युथ कम्युनिटी फर नेपलिज कन्ट्राक्टर्सले एक्स्पोलाई सहयोग गरेका थिए ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको