Like us!
Follow us!
Connect us!
Watch us!

सरकारले दुई वर्षदेखि रोकिएको बीमा नियमावली २०८१ अन्ततः स्वीकृत

अर्थ संसार

विहीबार, ०१ फागुन २०८१, ०७ : ५६ मा प्रकाशित

सरकारले दुई वर्षदेखि रोकिएको बीमा नियमावली २०८१ अन्ततः स्वीकृत

सरकारले दुई वर्षदेखि रोकिएको बीमा नियमावली २०८१ स्वीकृत गरेको छ। यो नियमावली लम्बिँदा बीमा प्राधिकरणका धेरै काम प्रभावित भएका थिए, जसले बीमा क्षेत्रको विस्तारमा ढिलाइ गरेको थियो। अब नियमावली स्वीकृत भएसँगै बीमा क्षेत्रका अड्किएका कामहरू अघि बढ्नेछन्।

माघ २८ गते बसेको मन्त्रीपरिषद्को बैठकले बीमा नियमावली २०८१ स्वीकृत गर्ने निर्णय गरेको हो। बीमा ऐन २०७९ लागू भएको २६ महिनापछि बल्ल नियमावली पारित भएको हो। बीमा प्राधिकरणले १० महिनाअघि नै यसको मस्यौदा अर्थ मन्त्रालयमा पठाएको थियो, तर स्वीकृति प्रक्रियामा ढिलाइ भयो।

नियमावली स्वीकृत नहुँदा बीमा ऐनका नयाँ व्यवस्थाहरू कार्यान्वयन गर्न कठिनाइ थियो। साथै, बीमा प्राधिकरणका कामहरू पनि प्रभावित भएको गुनासो विभाग प्रमुखहरूले गर्दै आएका थिए। 

अन्य महत्वपूर्ण निर्णयहरू

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अन्य केही महत्वपूर्ण निर्णयहरूबारे जानकारी गराएका छन्।

  • एशियाली विकास बैंक (ADB) बाट २० लाख अमेरिकी डलर (२७ करोड ७३ लाख रुपैयाँ) अनुदान सहायता स्वीकार गरिएको छ। यो रकम २०२४ फ्लड्स एण्ड ल्याण्डस्लाइड्स इमर्जेन्सी रेस्पोन्स प्रोजेक्टका लागि प्रयोग गरिनेछ।
  • ६७० मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना निर्माणका लागि वित्तीय व्यवस्थापनको तयारी अघि बढाउने निर्णय गरिएको छ।
  • भारतको नयाँदिल्लीमा आयोजना हुने ‘थर्ड एनुअल इनर्जी वीक’ कार्यक्रममा नेपालका ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रीलाई सहभागी गराउने निर्णय भएको छ।
  • सजाय माफी, मुलतवी, परिवर्तन वा कम गर्ने सम्बन्धी कार्यविधि २०७१ खारेज गर्ने निर्णय गरिएको छ।
  • परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान र ओमान सरकारको डिप्लोमेटिक एकेडेमीबीच कूटनीतिक अध्ययन तथा तालिमसम्बन्धी समझदारीपत्र स्वीकृत गर्ने निर्णय पनि बैठकले गरेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको