नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.२६ अकंले घटेर २६७८.४७ बिन्दुमा बन्द भएको छ । आज ७ अर्ब ९२ करोडको कारोबार भएको छ ।
यसदिन बैंकिङ समूहको ०.२३ प्रतिशत, विकास बैंक समूहको ०.९५ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.५८ प्रतिशत, हाइड्रोपावर समूहको ०.९० प्रतिशतले सेयरमूल्य घटेकोछ । आज फाइनान्स समूहको १.८८ प्रतिशतले सेयरमुल्य बढेको छ ।
आज एनआरएनको सर्वाधिक कारोबार भएको छ । आज यसको ३४ करोड १४ लाख रुपैयाँको कारोबार भएको हो ।
आज सबैभन्दा धेरै मातृभुमी लघुवित्त वित्तीय संस्था र कुमारी सबल योजनाका इकाईधनीले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ता, इकाईधनीले १० प्रतिशतका दरले कमाएका हुन् ।
आज सबैभन्दा धेरै न्यादी हाइड्रोका लगानकिर्ताले गुमाएका हुन् । आज यसका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस