Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेले दियो वृद्धिलाई निरन्तरता - परिसूचक २७३९ अंकमा पुग्दा साढे १० अर्बको कारोबार

अर्थ संसार

मंगलबार, ०६ फागुन २०८१, १५ : ११ मा प्रकाशित

नेप्सेले दियो वृद्धिलाई निरन्तरता - परिसूचक २७३९ अंकमा पुग्दा साढे १० अर्बको कारोबार

मंगलबार नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। पछिल्ला दुई कारोबार दिनदेखि बढेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

आज  नेप्से ११.९१ अकंले बढेर २७३९.८२ बिन्दुमा बन्द भएको छ । आज ३१४ कम्पनीको १ करोड ८२ लाख ३० हजार कित्ता सेयर किनबेच हुँदा १० अर्ब ४३ करोडको सेयर कारोबार भएको छ ।

यसदिन बैंकिङ समूहको ०.२२ प्रतिशत, इन्भेष्टमेन्ट समूहको १.२४ प्रतिशत, जीवन बीमा समूहको १.७४ प्रतिशत, निर्जीवन बीमा समूहको ०.३० प्रतिशत, अन्य समूहको ३.६७ प्रतिशत र व्यापार समूहको ०.४१ प्रतिशतले सेयरमूल्य बढेको छ । अन्य समूहहरु भने राताम्य भएका छन् । 

आज हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । आज यस कम्पनीको ८२ करोड २ लाख रुपैयाँको सेयर करोबार भएको छ । आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त, गुराँस लघुवित्त वित्तीय संस्था र इमर्जिङ नेपालका लगानकिर्ताले कमाएका छन् । आज यी ३ कम्पनीका लगानकिर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरै सप्तकोशी डेभलपमेन्ट बैंक र केबिएल डिबेञ्चर २०८६ का इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले १० प्रतिशतका दरले गुमाएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको