Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी बैंकको २५ हजार बढी कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि  बिक्रीमा

अर्थ संसार

आइतबार, ०४ फागुन २०८१, १२ : ०५ मा प्रकाशित

कुमारी बैंकको २५ हजार बढी कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि  बिक्रीमा

कुमारी बैंक लिमिटेडले २५ हजार ४६८ कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि  बिक्री खुला गरेको छ ।

यसअघि बैंकले सो सेयर बैंककै विद्यमान संस्थापक शेयरधनीलाई प्राथमिकता दिएर सेयर खरिदका लागि ३५ पदने सूचना जारी गरेको थियो ।

तर, सो सेयर खरिदका लागि तोकिएको अवधिभित्र संस्थापकबाट आवेदन नपरेपछि बैंकले अहिले भने सर्वसाधारणले किन्न पाउने गरी बिक्रीमा ल्याएको हो । 

सेयर किन्न इच्छुक सर्वसाधारणले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र नक्साल स्थित सेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा निवेदन दिनु पर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको