Like us!
Follow us!
Connect us!
Watch us!

प्रचण्ड सरकारको कारण नेपाल 'ग्रे लिस्ट'मा परेको हो - सञ्चारमन्त्री

अर्थ संसार

मंगलबार, १३ फागुन २०८१, २१ : ३१ मा प्रकाशित

प्रचण्ड सरकारको कारण नेपाल 'ग्रे लिस्ट'मा परेको हो - सञ्चारमन्त्री

सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको अघिल्लो सरकारको कारणले नेपाल ग्रे लिस्टमा परेको बताएका छन् ।

 मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न पत्रकार आयोजित सम्मेलनमा बोल्दै  उनले यस्तो बताएका हुन् । 

 उनले भने, ‘ग्रे लिष्टमा परेको अहिलेको ५/७ महिनाको कामले भएको होइन । अघिल्लो सरकारको काम हो त्यो । नेपाललाई ग्रे लिष्टबाट ग्रिन लिस्टमा ल्याउन हामीले गर्नुपर्ने मनि लाउण्डरिङ्गको विषयमा जोडिएको हुन्छ । सम्पत्ति निवारण सम्बन्धी काम पनि धेरै नभएको कारणले पनि समस्या भएको हो। अहिलेको प्रतिपक्ष दलले आफ्नो ठाउँबाट भन्ने कुरा त छ। तर, नैतिक अधिकार छैन ।’

उनले चाँडै ग्रे लिस्टबाट बाहिर निस्कने सुधारको काम सरकारले गर्ने बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको