Like us!
Follow us!
Connect us!
Watch us!

मौद्रिक नितिको समिक्षापछि उच्च अंकले बढ्यो सेयर बजार, नेप्से  २८ सय विन्दुमाथि

अर्थ संसार

विहीबार, १५ फागुन २०८१, १५ : ०७ मा प्रकाशित

मौद्रिक नितिको समिक्षापछि उच्च अंकले बढ्यो सेयर बजार, नेप्से  २८ सय विन्दुमाथि

साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको सकारात्मक प्रभाव सेयर बजारमा परेको हो । आज नेप्से ४९.१५ अकंले बढेर २८१५.०४ बिन्दुमा कायम भएको छ ।  यस दिन नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार ९ अर्ब ९० करोडको सेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०० कम्पनीको २ करोड ६१ लाख ९९ हजार कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ३९ करोडको कारोबार भएको हो ।

यसदिन १३ वटै उपसूचकमा हरियाली आएको छ । आज बैंकिङ समूहको ३.३२ प्रतिशत, विकास बैंक समूहको १.५३ प्रतिशत, होटल तथा पर्यटन समूहको १.१२ प्रतिशतसहित १३ वटै समूहको सेयरमूल्य बढेको छ । आज १८६ कम्पनीको सेयर मूल्य बढेको छ भने ५२ कम्पनीको घटेकोछ ।

आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ९६ करोड ४७ लाख रुपैयाँको सेयर किनबेच भएको हो ।  आज सबैभन्दा धेरै गार्डियन माइक्रो लाइफका लगानीकर्ताहरुले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । 

आज सबैभन्दा धेरै भुगोल इनर्जीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ७ प्रतिशतका दरले गुमाएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको