Like us!
Follow us!
Connect us!
Watch us!

अमेरिकाले युक्रेनलाई दिदै आएको सैन्य सहयोग रोक्यो

अर्थ संसार

मंगलबार, २० फागुन २०८१, ०८ : ३५ मा प्रकाशित

अमेरिकाले युक्रेनलाई दिदै आएको सैन्य सहयोग रोक्यो

अमेरिकाले युक्रेनलाई दिइँदै आएको सैन्य सहयोग रोक्ने घोषणा गरेको छ । यस विकासको खबर पहिलो पटक अमेरिकी मिडिया आउटलेट ब्लूमबर्गले रिपोर्ट गरेको थियो।

मिडिया रिपोर्टका अनुसार युक्रेनका नेताहरूले शान्तिप्रति सद्भावपूर्ण प्रतिबद्धता प्रदर्शन नगरेसम्म अमेरिकाले युक्रेनलाई दिँदै आएको सबै सैन्य सहयोग रोकेको ह्वाइटहाउसलाई उदृत गर्दै अमेरिकी मिडियाहरुले उल्लेख गरेका छन् ।

यसक्रममा युक्रेनलाई यस अघि दिने भनिएका र  युक्रेन पुगिनसकेका अमेरिकी सैन्य उपकरणहरू रोकिने बताइएको छ। यसमा पोल्याण्ड पुगेका सामानहरू पनि समावेश छन् ।

गत हप्ता ह्वाइट हाउसमा जेलेन्स्की र ट्रम्पबीच भएको चर्को बहसपछि घटनाक्रम द्रुत गतिमा परिवर्तन भएको देखिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको