Like us!
Follow us!
Connect us!
Watch us!

लगातार तेस्रो दिन पनि घट्यो सेयर बजार - १० अर्ब ९७ करोडको कारोबार

अर्थ संसार

बुधबार, २१ फागुन २०८१, १५ : १० मा प्रकाशित

लगातार तेस्रो दिन पनि घट्यो सेयर बजार - १० अर्ब ९७ करोडको कारोबार

सेयर बजार लगातार तेस्रो दिन पनि घटेको छ । आज नेप्से २५.१६ अकंले घटेर २८२१.१३ अकंले बिन्दुमा कायम भएको छ । आज ३०८ कम्पनीको २ करोड ३३ लाख ४३ हजार कित्ता सेयर किनबेच हुँदा १० अर्ब ९७ करोड २६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

यसदिन व्यापार समूह बाहेक अन्य सबै उपसूचक राताम्य भएका छन् । आज बैकिङ समूहको १.०४ प्रतिशत, विकास बैंक समूहको १.३१ प्रतिशत र फाइनान्स समूहको १.३१ प्रतिशतले सेयर मूल्य घटेको छ ।आज ६२ कम्पनीको सेयर मूल्य बढेको छ भने १७४ कम्पनीको घटेको छ । आज समाज लघुवित्त र गार्डियन माइक्रोको सेयरमा सकारात्मक सर्किट लागेको छ ।

आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ९६ करोड ७० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।  

आज सबैभन्दा धेरै समाज लघुवित्त वित्तीय संस्था र गार्डियन माइक्रो लाइफका लगानीकर्ताले कमाएका छन् । आज यी २ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६ प्रतिशतका दरले गुमाएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको