Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ४६ कम्पनीको १६ करोड कित्ता बोनस सेयर सूचीकृत - कुन कम्पनीको कति ?

अर्थ संसार

बुधबार, १३ चैत्र २०८१, १५ : ५० मा प्रकाशित

नेप्सेमा ४६ कम्पनीको १६ करोड कित्ता बोनस सेयर सूचीकृत - कुन कम्पनीको कति ?

९ महिनाको अवधिमा पुँजी बजारमा सूचीकृत ४६ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार चालु आर्थिक वर्षको साउनदेखि चैतको पहिलो सातासम्म ४६ कम्पनीको १५ करोड ९७ लाख  बढी कित्ता बोनस सेयर सूचीकृत भएको हो । 

सूचीकृत हुनेमा बैंक,लघुवित्त,हाइड्रोपावर,इन्स्यारेन्स लगायत अन्य क्षेत्रका कम्पनीहरु पनि रहेका छन् । 

कुन कम्पनीको कति ?

बैंकहरु 

लक्ष्मी सनराइज बैंकले ५ प्रतिशत बोनस बापत १ करोड १५ लाख ९३ हजार ५७७ कित्ता,स्ट्याण्डर्ड चार्टर्ड बैंकले ६.५० प्रतिशत बोनस बापत ६१ लाख २९ हजार १४५ कित्ता,कृषि विकास बैंकले ३ प्रतिशत बोनस बापत ४० लाख ३५ हजार ५०२ कित्ता, ग्लोबल एभरेष्ट बैंकले १० प्रतिशत बोनस बापत १ करोड १७ लाख ६७ हजार ९०३ कित्ता,सिटजन्स बैंकको ४ प्रतिशत बोनस बापत ५६ लाख ८० हजार ३८९ कित्ता,  कामना सेवा विकास बैंकको ७ प्रतिशत बोनस बापत २२ लाख ९६ हजार ९१५ कित्ता, सेयर सूचीकृत गरेका छन्। ग्रीन डेभलपमेन्ट बैंकको ३.८० प्रतिशत बोनस बापत १ लाख ९७ हजार २२० कित्ता,कर्पाेरेट डेभलपमेन्ट बैंकको ५ प्रतिशत बोनस बापत २ लाख ५० हजार कित्ता

हाइड्रोपावर कम्पनी

विन्ध्यवासिनी हाइड्रोपावरले ७.६० प्रतिशत बोनस बापत ७ लाख ९८ हजार कित्ता सेयर सूचीकृत गरेका छन्। यसबाहेक, सानिमा माई हाइड्रोपावरले १० प्रतिशत बोनस बापत ३३ लाख ९८ हजार १७६ कित्ता,मन्दाकिनी हाइड्रोपावरको ५ प्रतिशत बोनस बापत ३ लाख ७ हजार ९८४ कित्ता सेयर, रु रु जलविद्युत परियोजनाको १५ प्रतिशत बोनस बापत ७ लाख ३९ हजार ९८५ कित्ता,सगरमाथा जलविद्युत कम्पनीको ४.७५ प्रतिशत बोनस बापत ५ लाख ३२ हजार कित्ता ,सुपर मादी हाइड्रोपावरको ५ प्रतिशत बोनस बापत १० लाख ५० हजार कित्ता,भगवती हाइड्रोपावर डेभलपमेन्टको ४ प्रतिशत बोनस बापत २ लाख २८ हजार ८२६ कित्ता,अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्टको ३ प्रतिशत बोनस बापत ११ लाख २० हजार ७७८ कित्ता,अपि पावर कम्पनीको ५ प्रतिशत बोनस बापत २८ लाख ९३ हजार २९८ कित्ता,सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ११ प्रतिशत बोनसबापत ९ लाख २३ हजार ३५१ कित्ता र मैलुङ खोला जलविद्युत कम्पनीको २.२२ प्रतिशत बोनस बापत ८१ हजार ७६८ कित्ता सेयर सूचीकृत भएको छ ।

लघुवित्त कम्पनी

डिप्रोक्स लघुवित्तले ९.५० प्रतिशत बोनस बापत १६ लाख २० हजार ८८७ कित्ता, छिमेक लघुवित्तको ८ प्रतिशत बोनस बापत २३ लाख ८१ हजार ७२७ कित्ता,नेशनल लघुवित्त वित्तीय संस्थाको १४.२५ प्रतिशत बापत १६ लाख ६० हजार ८६८ कित्ता, फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले ९ प्रतिशत बोनस बापत ११ लाख १० हजार ४४४ कित्ता ,साना किसान विकास लघुवित्तले १३.३० प्रतिशत बोनस बापत ५० लाख ६२ हजार ४७७ कित्ता,आशा लघुवित्तको १४.२५ प्रतिशत बोनस बापत ९ लाख १४ हजार ३०२ कित्ता,स्वावलम्बन लघुवित्तको १४.२५ प्रतिशत बोनस बापत २० लाख ६६ हजार २५० कित्ता,गुराँस लघुवित्तको १४.२५ प्रतिशत बोनस बापत १ लाख ४४ हजार ४९५ कित्ता,समाज लघुवित्तको १४.२५ प्रतिशत बोनस बापत २८ हजार ५ सय कित्ता र सुर्याेदय वोमी लघुवित्तको १४ प्रतिशत बोनस बापत १२ लाख ८२ हजार १०८ कित्ता सेयर सूचीकृत भएका हुन् । 

इन्स्योरेन्सकम्पनी

नेपाल रिइन्स्योरेन्सको ४.७५ प्रतिशत बोनसबापत ६० लाख ८६ हजार ४३३ कित्ता, नेशनल लाइफ इन्स्योरेन्सको ४ प्रतिशत बोनस बापत २० लाख ४ हजार ६६६ कित्ता, सानिमा रिलायन्स लाइफको १८.३८ प्रतिशत बोनस बापतको ७६ लाख ९० हजार ६५२ कित्ता,प्रभु महालक्ष्मी लाइफको १० प्रतिशत बोनस बापत ४२ लाख ९६ हजार कित्ता, सन नेपाल लाइफ इन्स्योरेन्सको २३.८० प्रतिशत बोनस बापतको ७६ लाख १६ हजार कित्ता, आइएमई लाइफको इन्स्योरेन्सको २५ प्रतिशत बोनस बापत १ करोड कित्ता, प्रुभ इन्स्योरेन्सको ४.७५ प्रतिशत बापत ६ लाख ५३ हजार ६५८ कित्ता सेयर सूचीकृत भएका हुन् । 

अन्य कम्पनी - कुनको कति ?

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको ५ प्रतिशत बोनस बापत ६ लाख ११ हजार ६०५ कित्ता, सोल्टी होटलको १० प्रतिशत बोनस बापत ९२ लाख ९० हजार ८९९ कित्ता, ओरियन्टल होटल्सको ५ प्रतिशत बोनस बापत ५ लाख ६४ हजार ४५ कित्ता, साहस उर्जाको ८ प्रतिशत बोनस बापत २८ लाख कित्ता,हाथवे इन्भेष्टमेन्टको १० प्रतिशत बोनस बापतको २५ लाख ७४ हजार कित्ता सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ । नेपाल ल्यूब आयलको २५ प्रतिशत बोनस बापत १ लाख २२ हजार ४० कित्ता, नागरिक लगानी कोषको १४ प्रतिशत बोनस बापत ७४ लाख ३९ हजार २५० कित्ता,हिमालयन डिस्टिलरीले १५ प्रतिशत बोनस बापत ४० लाख ८ हजार ७८४ कित्ता र शिवम् सिमेन्टले ८.५५ प्रतिशत बोनस बापत ४२ लाख ९८ हजार ८५ कित्ता सेयर सूचीकृत गरेका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Laaj sharanam

सम्बन्धित खबर

धेरै पढिएको