Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेको सीईओका लागि पाँच जनाको नाम सर्टलिस्ट,को–को परे ?

अर्थ संसार

आइतबार, ०३ चैत्र २०८१, १० : १७ मा प्रकाशित

नेप्सेको सीईओका लागि पाँच जनाको नाम सर्टलिस्ट,को–को परे ?

 

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा रिक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि ५ जनाको नाम सर्टलिस्ट गरिएको छ।

अर्थ मन्त्रालयद्वारा गठित सिफारिस समितिले नेप्सेको सीईओका लागि परेका १० आवेदकमध्ये ५ जनाको नाम सर्टलिस्ट गरेको हो। 

सर्टलिस्ट सूचीमा समावेश हुनेमा चुडामणी चापागाईँ, नारद कुमार लुईटेल, पूर्ण प्रसाद आचार्य, बद्री प्रसाद प्याकुरेल र हेमन्त बस्याल रहेका छन्। उनीहरूलाई शैक्षिक योग्यता र व्यावसायिक कार्य योजनाको मूल्याङ्कन गर्दा सबैभन्दा बढी अंक प्राप्त गरेकाले सर्टलिस्ट गरिएको समितिले जानकारी दिएको छ।

साथै उनीहरूलाई चैत ६ गते बुधबार व्यावसायिक कार्य योजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि अर्थ मन्त्रालयमा बोलाइएको छ। अन्तर्वार्ता बिहान ७ बजेदेखि नै शुरू हुने समितिले जनाएको छ। 

67d6549521a08.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको