Like us!
Follow us!
Connect us!
Watch us!

पूर्वराजा ज्ञानेन्द्रलाई प्रधानमन्त्रीको प्रश्न - देश के भएको छ र बनाउनलाई ?

अर्थ संसार

सोमबार, २६ फागुन २०८१, ११ : ११ मा प्रकाशित

पूर्वराजा ज्ञानेन्द्रलाई प्रधानमन्त्रीको प्रश्न  - देश के भएको छ र बनाउनलाई ?

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजनीतिमा आउन चुनौती दिएका छन्। सुदूरपश्चिम प्रदेश सभाको १७औ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो चुनौती दिएका हुन्।

‘फागुन ६ गते पूर्वराजाको कुरा सुन्दा अचम्म लाग्यो। मलाई साथ दिनुस्, म आउँछु, देश बनाउँछु, देश के भएको छ ? यस्ता अस्थिरताका क्रियाकलापहरूले देशलाई सभ्य ढंगले, सुसंस्कृत ढंगले अगाडि बढ्न दिँदैन ।'

ओलीले पूर्व राजालाई राजनीति आए स्वागत गरिने बताए। ‘अराजनीतिमा आउने कि राजनीतिमा? राजनीतिमा आउने हो भने 'यु आर वेलकम'। स्वागत छ। उमेदवार हुनुहुन्छ साथ माग्न हुनुहुन्छ, मजाले माग्न पाइन्छ। तर, अराजनीतिक कुरा गरेर देशमा अस्थिरता ल्याउन पाइँदैन।’

प्रधानमन्त्री ओलीले देशमा बिग्रेको आर्थिक अवस्थामा सुधार आइरहेको बताए। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको