प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री ओलीले लोकतन्त्र एउटा राजमार्ग भएको र राजमार्गमा ब्याक गेयर नलगाइने भन्दै निरन्तर अघि बढ्ने बताएका छन् ।
आइतबार नेपाल उद्योग परिसंघले आयोजना गरेको ‘महिला नेतृत्व शिखर सम्मेलन’लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनल भने, डेमोक्रेसी भनेको हाइवे हो । हाइवेमा ब्याक गेयर लगाइँदैन । डेमोक्रेसी इज अ हाइ वे । यसमा ब्याक गेयर लगाइँदैन, अघि बढिन्छ ।'
ओलीले योजनावद्ध ढंगले परिस्थिति परिवर्तन गर्न लागि पर्ने बताए।
‘हामी योजनाहिन होइन योजनावद्ध सक्रियतामा अघि बढ्छौँ । निराशामा उभिएर होइन आशावादीताकासाथ अघि बढ्छौं’, उनले अघि भने, ‘जबसम्म परिस्थिति ठीक हुँदैन तबसम्म हामी योजनावद्ध ढंगले परिस्थिति परिवर्तन गर्न लाग्नेछौँ ।’
उनले आशावादीताका साथ अघि बढ्दा र योजनासहित अघि बढ्दा असम्भव केही पनि नहुने जिकिर गरे ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस