Like us!
Follow us!
Connect us!
Watch us!

राजाका नाममा राजेन्द्र लिङ्देन र कमल थापाले ठुलो राजनीति गरे : दुर्गा प्रसाईं

अर्थ संसार

बुधबार, ०६ चैत्र २०८१, १२ : ४४ मा प्रकाशित

राजाका नाममा राजेन्द्र लिङ्देन र कमल थापाले ठुलो राजनीति गरे : दुर्गा प्रसाईं

व्यवस्था विरोधी अभियान चलाएका दुर्गा प्रसाईंले राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र कमल थापाहरूले राजाका नाममा धेरै ठुलो राजनीति गरेको बताएका छन् ।

बुधवार पत्रकार सम्मेलन गर्दै प्रसाईंले यस्तो बताएका हुन् ।

‘हिजो हामीले धेरै राष्ट्रवादी शक्तिसँग अनुनय विनय गर्यों।  राजा र हिन्दु राष्ट्रको पक्षमा उभिएका कमल थापा र राजेन्द्र लिङदेन, रवीन्द्र मिश्र र धवलशम्शेरसँग अनुनय विनय गर्यों तर उहाँहरू धेरै ठुलो राजनीति गर्नुहुँदो रहेछ’, प्रसाईंले भने, ‘नौं यो अभियानलाई त कस्तो सम्झेको रहेछ भने दुर्गा प्रसाईं पढेलेखेको छैन, बुझ्दैन, जे गर्दा पनि हुन्छ भनेर कहिले यता कमिटी बनाउने, कहिले उता कमिटी बनाउने, कहिले आफैं आन्दोलन गर्ने गर्नुभयो ।’

उनले आफू राजाको नजिक हुनेभन्दा पनि जनताको नजिक हुने भन्दै राजा र जनताको आँखाबाट आशु झर्न नदिने दाबी गरे ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको