प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एशियाली देशका किसानहरुले कृषिलाई आधुनिकीकरण गरि परिवर्तन ल्याउनुपर्ने बताएका छन् । कृषिले नै उद्यमी बनाउँने र यस क्षेत्रको आयआर्जन पनि कृषिबाट वृद्धि गर्ने ओलीले बताए ।
दुईदिने खाद्य सम्प्रभुक्ता, जलवयायु न्याय र किसानको अधिकार मूल नारासहित भएको दक्षिण एशियाली किसान सम्मेलनलाई सम्वोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।
नेपालमा ६० प्रतिशत किसानहरु कृषि पेशामा आवद्ध रहेपनि कृषिले धान्न नसकेको बताए । कृषिवस्तु आयत गर्नु परेको प्रति चिन्ता व्यक्त गर्दैै प्रधामन्त्री ओलीले कृषि सबैभन्दा महत्वपूर्ण विषय भएको बताउदै उनले भने , 'ठूला–ठूला विद्धान देखि सबैतहका मानिसले खाने कृषिवस्तु नै हो । हामीले व्यवसायिक कृषिलाई उठाउन सकेनौं,आधुनिक पनि गर्ने सकेनौं । कृषिले मात्र सबै कुरा परिवर्तन गर्न सक्छ । यद्यपी हामी खाद्यान्न आयत गर्नु परेको अवस्था छ । कृषिलाई आत्मनिर्भर बनाउन हामी निरन्तर प्रयत्न गर्न चाहान्छौं ।कृषिमा आधुनिकीकरण नगरेसम्म खान पुग्ने अवस्था देख्दैनौं । ग्रामीण जनताको आयआर्जन वृद्धि कृषि नै हो । रोजगारको प्रमुख माध्यम पनि कृषि नै हो । बढ्दो युवा पलायनलाई रोक्ने पनि कृषि नै हो । गाउँबाट शहर र शहरबाट विदेश पलायन रोक्ने पनि कृषि नै हो'
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस