Like us!
Follow us!
Connect us!
Watch us!

२०८४ सम्म प्रधानमन्त्री बन्ने दौडमा छैन - प्रचण्ड

अर्थ संसार

शुक्रबार, ०८ चैत्र २०८१, १४ : १९ मा प्रकाशित

२०८४ सम्म प्रधानमन्त्री बन्ने दौडमा छैन - प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०८४ सम्म आफू जनताकै साथमा प्रधानमन्त्री बन्ने दौडमा नरहेको बताएका छन् । 

वीरगञ्जमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले जनताकै साथमा रहने भन्दै प्रधानमन्त्री बन्ने दौडमा नरहेको बताए। 

उनले एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार भ्रष्टाचारी जोगाउने, बेथिति बढाउने, अराजकता बढाउने काममा केन्द्रित रहेको आरोप लगाए।

उनले भने, ‘यो सरकार राम्रो काम गर्न बनेको होइन। उहाँहरूको काम भनेको भ्रष्टाचारीलाई बचाउने मात्रै छ। राम्रो काम गर्नेहरूलाई सताउने, अपमानित गर्ने, नराम्रो काम गर्नेलाई पुरस्कृत गर्ने नै केपीजीको सरकारको काम हो। त्यो कुरा कुलमानको कुराबाट सजिलै बुझ्न सक्नुहुन्छ।'

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको