नेपाल धितोपत्र बोर्डले गर्यो मर्चेन्ट बैंकको ‘अन्डरराइटिङ’ क्षमतामा परिवर्तन गरेको छ ।
नियामक नेपाल धितोपत्र बोर्डले बैंक तथा बिमा कम्पनीका सहायक कम्पनीमार्फत हुने अन्डरराइटिङको अधिकतम सीमा बढाएको हो। धितोपत्र बोर्डले मर्चेन्ट बैंकर नियमावलीको अनुसूची परिवर्तन गर्ने निर्णय गरेको हो ।
अब भने माउ कम्पनीले दायित्व ब्यहोर्ने सुनिश्चितता गरेको खण्डमा माउ कम्पनीकै नेटवर्थ बराबरको अन्डरराइटिङ गर्न पाउने व्यवस्था गारिएको छ । बैंकिङ र बीमा क्षेत्रका माउ कम्पनी रहेका हकमा मात्रै यो व्यवस्था रहने प्रवक्ता निरञ्जय घिमिरेले जानकारी दिए ।
हालसम्म यस्ता कम्पनीले आफ्नो नेटवर्थको ३ गुणासम्मको रकम बराबरको धितोपत्र मात्रै अन्डरराइटिङ गर्न पाउने व्यवस्था थियो ।यद्यपि हालसम्म मर्चेन्ट बैंकर नियमावलीको अनुसूचीमा यसलाई समेटिएको छैन् । यसलाई अनुसूचीमा छिट्टै समेट्ने बोर्डले जानकारी दिएको छ । यसले मर्चेन्ट बैंकको बिजनेस बढ्न मद्दत पुग्नेछ । हाल कतिपय मर्चेन्ट बैंकले नेटवर्थको सीमाकै कारण पर्याप्त र ठूलो पूँजीका धितोपत्रमा अन्डरराइटिङ गर्न सकेका थिएनन् ।
प्राथमिक बजारमा धितोपत्र बिक्री नभएमा आफूले सकार्नेगरी प्रत्याभूति गर्ने कार्य नै अन्डरराइटिङ हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस