Like us!
Follow us!
Connect us!
Watch us!

सामाजिक सञ्जालका वित्तीय सल्लाहप्रति सतर्क बनौं: राष्ट्र बैंक

अर्थ संसार

मंगलबार, १२ चैत्र २०८१, १६ : ३३ मा प्रकाशित

सामाजिक सञ्जालका वित्तीय सल्लाहप्रति सतर्क बनौं: राष्ट्र बैंक

"Think before you follow, wise money tomorrow" भन्ने नाराका साथ 'Global Money Week (GMW) 2025' आजदेखि विश्वभर मनाइँदै छ। नेपाल राष्ट्र बैंकले पनि यो अभियानमा सहभागी हुँदै वित्तीय सचेतनाका लागि नागरिकलाई सामाजिक सञ्जालमा देखिने वित्तीय जानकारी तथा तथाकथित Finfluencers (Financial Influencers) हरूप्रति सचेत रहन आग्रह गरेको छ।

राष्ट्र बैंकका अनुसार, सामाजिक सञ्जालमा चर्चित सबै विषय वा व्यक्तिहरू वित्तीय क्षेत्रमा विज्ञ नहुन सक्छन्। गलत सूचना वा अपरिपक्व सल्लाहको भरमा वित्तीय निर्णय गर्दा आर्थिक नोक्सानी भोग्नुपर्ने जोखिम रहेकोले सचेत रहन राष्ट्र बैंकले आग्रह गरेको छ।

वित्तीय निर्णय अघि स्वाध्ययन र परामर्श गर्न आग्रह
राष्ट्र बैंकले क्षणिक लोभ वा ट्रेन्डलाई पछ्याएर गरिने वित्तीय निर्णयले गम्भीर आर्थिक नोक्सान गराउन सक्ने उल्लेख गर्दै, कुनै पनि निर्णय लिनुअघि गहिरो अनुसन्धान गर्न, स्वाध्ययन गर्न र विश्वासनीय स्रोतहरूसँग परामर्श गर्न सुझाव दिएको छ।

नेपाल राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा अन्तर्गत, वित्तीय सेवासम्बन्धी गुनासो दर्ताका लागि www.gunaso.nrb.org.np पोर्टल उपलब्ध गराइएको छ भने, ग्राहक संरक्षण इकाइको सम्पर्क नम्बर ०१-५७१९६०५ रहेको छ।

67e28a1065227.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Laaj sharanam

सम्बन्धित खबर

धेरै पढिएको