प्रतिनिधिसभाको बैठक बस्दैँछ ।
संघीय संसद सचिवालयका अनुसार सो बैठक संघीय संसद भवन, नयाँ बानेश्वरमा बस्नेछ । बैठक बिहान ११ः०० बजे बोलाइएको छ।
आजको बैठकमा ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संसोधन) बिधेयक, २०८०’ का सबन्धमा राष्ट्रियसभावाट प्राप्त सन्देशसहितको बिधेयक टेबुल गरिने भएको छ ।
साथै, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरासियाले राष्ट्रियसभामा उत्पति भएको ‘नेपाल कानुन ब्यावसायी परिषद (दोस्रो संसोधन) बिधेयक, २०८१ माथी बिचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसुची अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राज्य ब्यवस्था समितिको प्रतिबेदनसहितको राष्ट्रियसभामा उत्पति भएको संबैधानिक परिषद (काम, कर्तब्य, अधिकार र कार्यबिधी) सबन्धि (पहिलो संसोधन) बिधेयक, २०७९ माथी छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन भने संबैधानिक परिषद (काम, कर्तब्य, अधिकार र कार्यबिधी) सबन्धि (पहिलो संसोधन) बिधेयक, २०८१ लाइ पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरिने भएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस