Like us!
Follow us!
Connect us!
Watch us!

कुलमानबारे मैले जवाफ दिनु पर्दैन,एउटा हटाइयो,अर्को नियुक्ति गरियो,सक्कियो,त्यही हो जवाफ- प्रधानमन्त्री ओली

अर्थ संसार

बुधबार, १३ चैत्र २०८१, १७ : ०१ मा प्रकाशित

कुलमानबारे मैले जवाफ दिनु पर्दैन,एउटा हटाइयो,अर्को नियुक्ति गरियो,सक्कियो,त्यही हो जवाफ- प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले एउटा कर्मचारीलाई हटाउँदा केहीले छाती पिटिपिटी रोएको टिप्पणी गरेका छन् ।

राष्ट्रिय युवा संघ नेपालको राष्ट्रिय स्वयंसेवक भेलामा उनले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने निर्णयप्रति भइरहेको आलोचनालक्षित गर्दै सो टिप्पणी गरेका हुन् ।

यस विषयमा जवाफ दिइरहनु नपर्ने उनले जिकिर गरे । ओलीले भने, ‘प्रधानमन्त्रीले जवाफ दिइसक्यो । एउटा हटाइयो, अर्को नियुक्ति गरियो । सक्कियो । त्यही हो जवाफ । उहाँहरूलाई सहयोग हुने उहाँहरूले जो भन्यो त्यही नियुक्ति गर्ने हाम्रो काम होइन ।’

उनले नेपाली जनताले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैसँग नभएको प्रष्ट्याए ।

‘हामीले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैको छैन । यो कुरा अझ राम्रोसँग युवाहरूले बताउन सक्छ । देशलाई कसैले अप्ठ्यारोमा पार्न खोजेमा युवा संघले बाघले झम्टिए झैँ झम्टन्छ,’ उनले भने, ‘स्वयंसेवाको यो क्रियाकलाप राम्रो थालनी हो । यस शक्तिलाई व्यवस्थित र मर्यादितरुपमा परिचालन गर्नुस् । पहिलाको युथ फोर्स जस्तै । यो एउटा निशस्त्र स्थायी टोली होस्, कोही प्रतिगामी शक्ति टाउको जुधाउन आएमा वा विकास विरोधीहरुले हाम्रा काममा अवरोध खडा गरेमा सशक्त प्रतिवाद गरोस् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Laaj sharanam

सम्बन्धित खबर

धेरै पढिएको