Like us!
Follow us!
Connect us!
Watch us!

पूर्वराजालाई महानगरको जरिवानाको पत्र हुलाकमार्फत पठाइयो!

अर्थ संसार

आइतबार, १७ चैत्र २०८१, १३ : ०० मा प्रकाशित

पूर्वराजालाई महानगरको जरिवानाको पत्र हुलाकमार्फत पठाइयो!

काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तोकेको ७ लाख ९३ हजार रुपैयाँको जरिवाना अहिले चर्चाको केन्द्रमा छ। जब महानगर प्रहरीको टोली निर्मल निवास पुग्यो, त्यहाँ उनीहरूलाई प्रवेश दिनै अस्वीकार गरियो!

डीएसपी नेतृत्वमा गएको टोली जरिवानाको पत्र बुझाउन पुगेको थियो, तर निर्मल निवासले पत्र लिन अस्वीकार गरेपछि नगर प्रहरीले हुलाकमार्फत पत्र पठाउनु परेको छ।

महानगरपालिकाले गत शुक्रबारको प्रदर्शनमा सार्वजनिक स्थानमा फोहोर भएको भन्दै ९ वटा शीर्षकमा जरिवाना तोकेको थियो। तर यो निर्णय कार्यालय बिदाको दिन गरिएको भन्दै नैतिक प्रश्न उठ्न थालेका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Laaj sharanam

सम्बन्धित खबर

धेरै पढिएको