दोर्दी खोला जलविद्युत लिमिटेडले आज चैत १९ गतेदेखि हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको १०० प्रतिशत अर्थात १:१ अनुपातमा हकप्रद सेयर जारी गर्न लागेको हो।
कम्पनीले कुल १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँबराबरको हकप्रद सेयर निष्कासन गर्दैछ। यस अन्तर्गत १०० रुपैयाँ अंकित मूल्यका १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता सेयर लगानीकर्ताका लागि उपलब्ध हुनेछ।
हकप्रद सेयर निष्कासन प्रयोजनका लागि कम्पनीले फागुन १५ गते बुक क्लोज गरिसकेको छ। त्यसैले फागुन १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन्। कम्पनीको हकप्रद सेयरमा २०८२ वैशाख ८ गतेसम्म आवेदन दिन सकिनेछ।
इक्रा नेपालले कम्पनीलाई इक्रा एपी इस्यूअर रेटिङ्ग बी प्लस प्रदान गरेको छ। यस रेटिङ्गले वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।
कम्पनीको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। साथै, सानिमा बैंकका विराटनगर, वीरगञ्ज, पोखरा, रुपन्देही, बाँके, सुर्खेत, धनगढी र लमजुङ शाखा कार्यालयहरूबाट पनि आवेदन दिन सकिनेछ।
नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट समेत आवेदन दिन सकिनेछ। साथै, सिडिएस एण्ड क्लियरिङ लिमिटेडद्वारा सञ्चालित 'मेरो सेयर' अनलाइन प्रणाली प्रयोग गरी सि-आस्वा प्रणालीमार्फत पनि आवेदन दिन सकिनेछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस