राजनीतिबाट केही समय टाढा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने अब सक्रिय राजनीतिमा फर्किने देखिएका छन्।
सहकारी अनियमितता प्रकरणका कारण पछिल्लो समय उनी राजनीतिक गतिविधिबाट टाढा रहे पनि सोमबारदेखि उनले पुन: सक्रिय राजनीतिमा धमाकेदार प्रवेश गरेका छन्।
आज बिहान ठीक १० बजे, लामिछाने आफ्ना रास्वपा सांसदहरू सहित सिंहदरबारस्थित सभामुख देवराज घिमिरेको कार्यालय पुग्ने तयारीमा छन्। यस भेटवार्ताले लामिछानेको राजनीतिक पुनरागमनलाई संसदमा फर्किने तयारीको रुपमा हेरिएको छ।
सभामुखसँग हुने छलफलमा प्रतिनिधिसभामा पुन: सहभागिताका बारेमा गहन विमर्श हुने जनाइएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस