Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेको सीईओमा चुडामणि चापागाईं नियुक्त

अर्थ संसार

मंगलबार, १९ चैत्र २०८१, ११ : ०८ मा प्रकाशित

नेप्सेको सीईओमा चुडामणि चापागाईं नियुक्त

सरकारले विवादका बीच नेपाल स्टक एक्सचेन्जको सिईओमा  चुडामणि चापागाँईलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

हिजो बसेको मन्त्रिपरिषदको बैठकले चापागाँईलाई नियुक्ती गर्ने निर्णय गरेको हो । झापाका चापागाईंले लामो समय सानिमा बैंक तथा सानिमा  रिलायन्स लाइफ इन्स्योरेन्समा रहेर काम गरेका छन् ।

यसअघि नेप्सेको सीईओमा नारदकुमार लुइँटेललाई नियुक्त गरिए पनि सो निर्णय मुख्यसचिवबाट प्रमाणित भएन ।

पर्यटन व्यवसायी समेत रहेका लुइँटेलको नाम सिफारिस हुँदा आलोचना हुन सक्ने भएपछि मन्त्रिपरिषदले पुनः अर्को नाम नियुक्त गरेको हो । नेप्सेको सीईओ पद माघ २५ गतेदेखि रिक्त छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Laaj sharanam

सम्बन्धित खबर

धेरै पढिएको